Media Partners

प्रधान सम्पादकलाई ज्यान मार्ने धम्की

सञ्जीवनीपत्र संवाददाता

पनौती, १५ पुस -सञ्जीजनीपत्र दैनिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष भोला थापालाई आफूहरुलाई वाइसीएल भन्ने एक समुहले ज्यान मार्ने धम्की दिएको छ । प्रधान सम्पादक थापालाई शुक्रवार साँझ कार्यालयबाट घर पुगेको केही समयमा आफूलाई वाईसीएल बताउँदै मादक पदार्थ सेवन गरेको एक समुहले गोली ठोक्ने धम्की दिएको छ ।

»More

नेपाल पत्रकार महासंघले  सञ्चार माध्यममा भएको आक्रमणको विरोध गर्दै आज पनि राजधानीमा सांकेतिक विरोध

ऋचा शर्मा तिवारी
अभिव्यञ्जना - नेपाल

पौष १२ नेपाल पत्रकार महासंघले सञ्चार माध्यममा भएको आक्रमणको विरोध गर्दै आज पनि राजधानीमा सांकेतिक विरोध स्वरुप मुखमा कालो पट्टी बाँधेर एक घण्टा कलम कापी बन्द गरि विरोध कार्यक्रम गर्‍यो ।
सो कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दिक्षित ,नारायण वाग्ले , रघु जी पन्त ,नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द झा , महासचिव पोषण के.सी लगायतका विभिन्न पत्रकारहरुको सहभागीता रहेको थियो ।

»More

पत्रकार महासंघ काभ्रेका अध्यक्ष भोला थापामाथि धम्की

Manoj Mumar Neupane
Executive Editor
Sanjiwanipatra Daily

नेपाल पत्रकार महासंघ काभे शाखाका अध्यक्ष भोला थापालाई आफूहरुलाई वाइसीएल भन्ने एक समुहले धम्की दिएको छ । स्थानीय सञ्जीवनीपत्र दैनिकका प्रधान सम्पादकसमेत रहेका थापालाई शुक्रवार साँझ कार्यालयबाट घर पुगेको केही समयमा आफूलाई वाईसीएल बताउँदै मादक पदार्थ सेवन गरेको एक समुहले गोली ठोक्नेसम्मको धम्की दिएको छ ।

»More

तमु(गुरुङ) ल्होसार मनाउन भव्य तयारी

भिम गुरुङ - देवदह रुपन्देही

यस वर्ष तमु ल्होसार तथा तमु (गुरुङ) हरुको महान पर्व नयाँ वर्षदेश भरि तथा विदेशमा समेत भव्य मनाउन भव्य तयारी भै रहेको छ । अघिल्लो वर्षरुमा तमु (गुरुङ) कर्मचारीहरुले मात्र विदा पाएको यस पर्वमा यस वर्षसारा नेपालीहरुलाई र्सार्वजानिक विदा पाएकोले यस्तो सम्भब भएको हो । धार्मिक ,जातिय तथा सांस्कृतिक सहिष्णुताका हिमायती नेपालीहरुका निमित्त यो वर्षज्यादै रमाइलो भएको छ किनकी

»More

कालो पट्टि वाँधेर पाल्पामा प्रदर्शन

ज्योति गुरुङ

पाल्पा पुष ११- प्रेस र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पाल्पाली पत्रकारहरुले  पुष ८- गते तानसेनमा कालो पट्टि वाँधेर प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाको आह्वानमा हिमाल मिडिया र पत्रकारमाथि भएको आक्रमण र शान्तिपूर्ण प्रदर्शन माथि भएको हस्तक्षेपको विरोधमा आज पत्रकारहरुले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

»More

नेपाल पत्रकार महासंघद्धारा राजधानीमा एक घण्टे शान्ति धर्ना कार्यक्रम आयोजना गरियो

ऋचा शर्मा तिवारी - नेपाल

नेपाल पत्रकार महासंघले राजधानीमा हिजो एक घण्टे शान्ति धर्ना कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम बबरमहल सडक विभाग कार्यालय अगाडिबाट शरु भई काठमाडौ जिल्ला प्रशासन कार्यलय हुदै सिहंदरबारको उत्तर ढोकामा गए धर्नाको रुपमा परिणत भएको थियो ।  सो कार्यक्रम विशेष गरि मिडिया र मिडियाकर्मीहरु प्रति भएको दमनको विरोधमा आयोजना गरिएको हो ।

»More

झुठो विवरण पेश गर्ने सचिव पक्राउ

Jyoti Gurung- KTM

धादिङ, पुस ७ - झुठो विवरण पेश गरी नेपाली नागरिकको प्रमाण पत्र लिन खोज्ने बाबुछोरा र नागरिकताका लागि सिफारिस गर्ने गाविस सचिवलाई जिल्ला प्रशासन कार्यालय धादिङले पक्राउ गरेको छ । फुलखर्क- ४ का सुरेश गुरुङले पोखरामा बस्दै आएका तिब्बती शरणार्थी कर्म टासीलाई नक्कली छोरा बनाई नागरिकता बनाउन खोज्दा पक्राउ गरेको हो । नागरिकताका लागि सिफारिस गर्ने फुलखर्क गाविसका सचिव शम्भु भट्टराई अरु तीन जनालाई पनि पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

»More

हिसिला यमि काहुँ महोत्सव

उत्तमप्रसाद पण्डित, पोखरा

पर्यटन तथा नागरिक उड्यान मन्त्रि हिसिला यमिले सत्तामा लामो समय वस्दा पनि नेपाली काँग्रेस असफल रहेको र प्रतिपक्षको ब्यवहार पनि कांग्रेसले गर्ने नजानेको आरोप लगाउनु भएको छ । कास्कीको काहुँ डाँडा आयोजित दोस्रो काहुँ धरहरा महोत्सवको उद्घाटन गर्ने क्रममा यहाँले आरोप लगाउनुभएको हो । कांग्रेसले शान्ति प्रक्रियाको वाटोलाई आलो काँचोमा नै छाड्न लागेको वताउदैं मन्त्री यमिले शान्ति प्रक्रियाको वाटोलाई पिच वाटोमा परिणत गर्नको लागि शान्ति समितिमा आफ्ना प्रतिनिधि पठाउन कांग्रेस लाई आग्रह गर्नुभयो ।

»More

महायज्ञमा दान गर्नेको ओइरो क्याम्पस सञ्चालनका लागि पाँच करोड संकलन

रामकुमार श्रेष्ठ

राजधानी बाहिर त्यो पनि रुपन्देही र चितवन जस्तो विकसित जिल्लाको चेपुवामा परेको नवलपरासीमा अत्याधुनिक सुविधान सम्मन्न प्रयोगशाला सहितको विज्ञान क्याम्पस सञ्चालन गर्ने नवलपरासीबासीको सपना पुरा हुने भएको छ ।
गत १ पुस देखि ७ पुससम्म नवलपरासीको रामनगर-१ भूमहीमा आयोजना गरिएको धनधान्याचलमा दानदाताहरुले झण्डै पाँच करोड दान गरेपछि नवलपरासीबासीको यो सपना पूरा हुने भएको हो ।

»More

गणतान्त्रिक खेलकुद महासंघ सल्यानको प्रथम भेला सम्पन्न अध्यक्षमा मल्ल

प्रतीक इच्छुक - सल्यान

नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य पृथ्वी वहादुर थापाले खेलकुद क्षेत्रमा रहेका खेल माफीयाहरुको अन्त्य विना खेल क्षेत्रको विकाश हुन नसक्ने वताउनु भयो । नेपाल गणतान्त्रिक खेलकुद महासघ सल्यानको प्रथम भेलाको खंलङ्गामा उद्घाटन गर्दै थापाले सवैकालागि खेलकुद,खेलकुदमा वैज्ञानिक संरचना र आमुल परिवर्तन आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले अव वन्ने नयाँ संविधानमा खेलक्षेत्रको समग्र विकाशका लागि उचित ब्यवस्था गरिनु पर्ने पनि वताउनु भयो ।

»More

स्ववियू चुनाव नजिकिदै गर्दा विद्यार्थीहरुबीच झडपको श्रृंखला शुरु

नारायण पंगेनी

४ पुष - क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा विद्यार्थी संगठनहरुबीच झडपको क्रम बढ्दै गएको छ । पोखरामा केही दिन अघि नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारी विच भएको विवाद सेलाउन नपाउदै पाल्पा तीनै दुइ विद्यार्थी संगठनबीच झडप भयो । फेरी पुलचोक इन्जिनियरिङ् क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीच फेरी झडप भएको छ ।

»More

उपस्वास्थ्य चौकीका एक साता देखि स्वास्थ्यकर्मी अनुपस्थित

नारायण पंगेनी

पश्चिम पाल्पाको दुर्गम गाविस सत्यवतिको उपास्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायत कर्मचारीहरु एक सातादेखि कार्यालयमा उपस्थित नभएपछि स्थानियवासीहरु उपचारबाट बञ्चित भएका छन् । सो उपस्वास्थ्य चौकीको इन्चार्ज जीवन राना सोही गाउको स्थानियवासी हुन् ।
सरकारले भने सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरुमा निशुल्क स्वास्थ्य सेवा दिइएको बताएको छ ।

»More